फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदै - Chaitanya News
  • 2026-05-24
  • 19:47:28
  • आइतबार,जेठ १०, २०८३
  • फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदै

    फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदै

    काठमाडौं– फिल्म ‘छक्का पन्जा ४’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ। दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको यो फिल्मको प्रतीक्षामा दर्शक छन्।६ एकान ६’ देखि पछिल्लो समय रिलिज भएको ‘६ माया छपक्कै’सम्म आउँदा यो समूहको सबै फिल्मले राम्रो व्यवसाय गरेका छन्। त्यसैले पनि ‘छक्का पञ्जा ४’ को व्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ।

    समाज भित्रको विभिन्न मुद्दा हाँस्यरससहित फिल्ममा प्रस्तुत गर्न माहिर यो समूहको फिल्म ‘छक्का पञ्जा ४’ को एक पोष्टर सार्वजनिक गरिएको छ। निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक संजाल मार्फत पोस्टर सार्वजनिक गरेका हुन्।

    पोष्टरमा बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उनी उभिएको देखाइएको छ। पोष्टरले फिल्ममा उनको चरित्र यस अगाडिको फिल्म झै रहेको अनुमान गर्न सकिन्छ। दीपक–दीपाको समूहले यसअघि पोस्टरका लागि फोटोसुट नै गर्ने गरेको थियो। तर, यसपटक यो समूहले पोस्टरमा खासै मिहिनेत गरेको देखिन्न।

    फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुन्। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय देख्न सकिन्छ। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्को कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।