प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ - Chaitanya News
  • 2026-04-25
  • 19:43:18
  • शनिबार,बैशाख १२, २०८३
  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

    काठमाडौं-  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले शपथ लिएका थिए । आज उनले अरू सदस्यलाई शपथ गराए ।

    शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । सांसद भएसँगै उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।