काठमाडौं– आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ। नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ।
नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ।
अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो।
यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत:
![]()