मन्त्री पुनले भने: विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ - Chaitanya News
  • 2026-07-17
  • 01:45:25
  • बिहिबार,आषाढ ३२, २०८३
  • मन्त्री पुनले भने: विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ

    मन्त्री पुनले भने: विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएकी छिन्।

    आज (सोमबार) मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए।

    ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ। विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ। मस्यौदा बनाउनेछ।’

    उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताए।

    ‘कुलपति प्रधानमन्त्री हुने चलन छ। अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ। छलफल हुँदैछ,’ उनले भने।