बैतडीमा शिक्षक हत्या प्रकरण : छात्रावासमा बस्ने युवती र उनका श्रीमान पक्राउ - Chaitanya News
  • 2026-04-25
  • 19:43:19
  • शनिबार,बैशाख १२, २०८३
  • बैतडीमा शिक्षक हत्या प्रकरण : छात्रावासमा बस्ने युवती र उनका श्रीमान पक्राउ

    बैतडीमा शिक्षक हत्या प्रकरण : छात्रावासमा बस्ने युवती र उनका श्रीमान पक्राउ

    काठमाडौं –  बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
    प्रहरीको अनुसन्धानपछि हत्या आरोपमा दम्पतीको संलग्नता खुलेको छ । शिक्षक विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको हत्या गरेको आरोपमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परेका हुन् ।

    प्रारम्भिक अनुसन्धानबाट शिक्षक विष्टको हत्या भएको र अभियुक्त दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । शनिबार मृत फेला परेका शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए । शुक्रबार राति विवाद भएपछि श्रीमान–श्रीमती मिलेर हत्या गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    शिक्षक विष्ट पुस २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत भेटिएका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘अनुसन्धान निष्कर्षतिर गएको छ, शंकास्पदमाथि सोधपुछ गर्ने काम भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्छौं ।’

    उनीहरुले अपराध स्वीकारेको समेत प्रहरी स्रोतको दाबी छ । त्यसैले घटना शंकास्पद भएको भन्दै स्थानीयहरु छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेर आन्दोलित छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटना अनुसन्धान गरिरहेको छ ।

    गत शुक्रबार राति शिक्षक विष्टको हत्या गरेर भवितव्य घटना जस्तो देखाउन भिरालो ठाउँमा शव फालिएको खुलेको छ ।