यस्तो रहनेछ तिहारमा मौसम - Chaitanya News
  • 2026-05-02
  • 15:23:00
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने छ। महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ।

    तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूमौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।

    यस्तै कात्तिक ४ गते देशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

    कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    कात्तिक ६ गते भाइटिकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।