काठमाडौँ– नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ। आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा रविन कार्कीको सरुवा भएको छ।
धनुषामा कार्यरत नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा र रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ। रेग्मी र गिरी २०८२ वैशाख १५ मा जिल्ला गएका थिए।
मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ। धनुषा पठाइएका कुँवर मानव बेचबिखन ब्युरोमा कार्यरत थिए।