हुस्सु लागेपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित, जाडो पनि बढ्यो - Chaitanya News
  • 2026-08-18
  • 04:27:17
  • सोमबार,भाद्र ०१, २०८३
  • हुस्सु लागेपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित, जाडो पनि बढ्यो

    हुस्सु लागेपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित,  जाडो  पनि  बढ्यो

    काठमाडौँ –  काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

    विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने ।

    मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।