विपिनको डीएनए परीक्षण,सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि - Chaitanya News
  • 2026-10-27
  • 16:50:17
  • मंगलबार,कार्तिक ११, २०८३
  • विपिनको डीएनए परीक्षण,सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

    विपिनको डीएनए परीक्षण,सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

    काठमाडौँ– इजरेलमा नेपाली विद्यार्थी विपिन जोशीको शवको जाँच र त्यसबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरिएको छ।

    हमासले जोशीसहित चार जनाको अवशेष सोमवार इजरेली पक्षलाई हस्तान्तरण गरेको थियो। इजरेली सेनाले हमासले फिर्ता पठाएका शवमध्ये विपिन जोशीको पनि भएको पुष्टि गरेको बिबिसीले जनाएको छ।

    आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने बिबिसीले समाचारमा उल्लेख गरेको छ। जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ।

    आईडीएफका अनुसार राष्ट्रिय विधि विज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने छ।

    इजरेलमा आवश्यक प्रक्रिया पूरा हुनासाथ सकेसम्म छिटो शव पठाउनका लागि इजरेली अधिकारीहरूसँग समन्वय गर्न तेल अभिभस्थित राजदूतलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।