जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय - Chaitanya News
  • 2026-05-02
  • 16:37:24
  • शनिबार,बैशाख १९, २०८३
  • जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय

    जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय

    काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ।

    गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ।

    टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ।

    घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा.शर्माले जानकारी दिए।

    उनले भने, ‘विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ। चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ।’

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको संख्या दुई हजार ३१६ जना रहेको छ।