दुई जना सचिवको पदस्थापन - Chaitanya News
  • 2026-05-17
  • 04:53:40
  • शनिबार,जेठ ०२, २०८३
  • काठमाडौँ– आज (सोमबार) बसेको कोशी मन्त्रिपरिषद् बैठकले दुई सचिवको पदस्थापन गरेको छ ।

    प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्यलाई पदस्थापन गरिएको छ।

    यसैगरी बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाएको मन्त्री भण्डारीले बताएका छन्।