काठमाडौँ– देशभरको मौसम आज सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने छ।