काठमाडौँ– नेपाली काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ।
आज (शुक्रबार)को बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा काँग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए।
‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति तोकिएको छ। काँग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ उनले भने,’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौँ। तर सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन। त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ। संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ।’