आज गुण्डुमा एमाले सचिवालय बैठक बस्दै - Chaitanya News
  • 2026-05-10
  • 03:50:04
  • शनिबार,बैशाख २६, २०८३
  • आज गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

    आज गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ– आज (शुक्रबार) ११ बजे नेकपा एमालेको सचिवालय बैठक बस्ने तय भएको छ । बैठक गुण्डुमा बस्ने छ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो।

    यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो।

    आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ।