काठमाडौँ– नेपाली काँग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार, बिहीबारको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ।
‘मूलभूत रूपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ। यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ। यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने।
यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ।