आजको मौसम: यी दुई प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 16:44:53
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: यी दुई प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम: यी दुई प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– आज (शुक्रबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार, आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। साथै यी दुवै प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।