भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समितिहरू खारेज गर्ने निर्णय - Chaitanya News
  • 2026-10-29
  • 07:50:14
  • बिहिबार,कार्तिक १३, २०८३
  • भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समितिहरू खारेज गर्ने निर्णय

    भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समितिहरू खारेज गर्ने निर्णय

    काठमाडौं– सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

    आज (बिहिबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

    बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ।

    बैठकले चार जना डीआईजीको बढुवा गर्ने निर्णय पनि गरेको छ।