गृहमन्त्री र पाँच देशका राजदूतबीच भेट - Chaitanya News
  • 2026-05-17
  • 07:22:30
  • आइतबार,जेठ ०३, २०८३
  • गृहमन्त्री र पाँच देशका राजदूतबीच भेट

    गृहमन्त्री र पाँच देशका राजदूतबीच भेट

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले भेट गरेका छन्।

    आज (बिहीबार) मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका हुन्।

    सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ।

    नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा पनि छलफल भएको बताइएको छ।