गृहमन्त्री आर्यालले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल - Chaitanya News
  • 2026-05-10
  • 03:50:04
  • शनिबार,बैशाख २६, २०८३
  • गृहमन्त्री आर्यालले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

    गृहमन्त्री आर्यालले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

    आज (बिहीबार) सिंहदरवारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका हुन्।

    छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

    पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएको बताइएको छ।

    साथै, काठमाडौँमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ।