केपी ओलीले भने: नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन - Chaitanya News
  • 2026-05-10
  • 03:50:47
  • शनिबार,बैशाख २६, २०८३
  • केपी ओलीले भने: नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन

    केपी ओलीले भने: नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन्।

    आज (बिहीबार) एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन्।

    ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस्। मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए।

    ‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ। ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए। ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए।