काठमाडौं– सेयर बजार अघिल्लो दिनको तुलनामा आज ४५.३६ अंक घटेको छ। सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ।
प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो। दिउँसो १ः ४१ बजे नेप्से २५३५ अंकसम्म झरे पनि त्यसपछि सामान्य सम्हालियो। १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो।
आज फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटे। बैंकिङ १.४८, विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा २.०६, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशत घटे।
बजार घट्दा पनि कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको भयो। आत्मनिर्भर लघुवित्तको ६ तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो। आज मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे।
प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.१२ प्रतिशत घट्यो। त्यस्तै मञ्जुश्री फाइनान्सको ५.९६, फस्र्ट माइक्रोफाइनान्सको ५.५३ तथा सयपत्री हाइड्रोपावरको ५.४७ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।