संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द - Chaitanya News
  • 2026-10-29
  • 08:44:13
  • बिहिबार,कार्तिक १३, २०८३
  • संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द

    संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द

    काठमाडौँ– संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द भएको छ।

    धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता असोज २१ गते हिजो (मंगलवार) देखि लागू हुने गरी रद्द गरेको हो। संघीय सरकारको निर्णय तथा सम्बन्धित परिपत्रको आधारमा सो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको च.नं. ११३ र अर्थ मन्त्रालयको च.नं. ११८, असोज ७ को पत्रानुसार ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने’ निर्देशन आएको थियो।

    उक्त निर्देशनका आधारमा गाउँपालिकाले आफ्नो कार्यालय अन्तर्गत दरबन्दी बाहेक अस्थायी नियुक्ति प्राप्त र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीहरूको अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि हिजोदेखि लागू हुने गरी नियुक्ति तथा करार सम्झौता रद्द गरेको जनाएको छ।