काठमाडौं– प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ।
सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो।
यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ। यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ।
उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ।