संघीयद्वारा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता - Chaitanya News
  • 2026-10-29
  • 09:36:22
  • बिहिबार,कार्तिक १३, २०८३
  • संघीयद्वारा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता

    संघीयद्वारा प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता गरेको छ।

    मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई ताकेता गरेको हो।

    मंगलवार पत्रमार्फत सबै मन्त्रालय, संवैधानिक निकायहरू तथा सात वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यो निर्देशन दिइएको हो।