पूर्वप्रधानमन्त्री ओली र लेखकविरुद्ध दिएको जाहेरी आयोगमार्फत छानबिन हुने - Chaitanya News
  • 2026-05-10
  • 04:47:42
  • शनिबार,बैशाख २६, २०८३
  • पूर्वप्रधानमन्त्री ओली र लेखकविरुद्ध दिएको जाहेरी आयोगमार्फत छानबिन हुने

    पूर्वप्रधानमन्त्री ओली र लेखकविरुद्ध दिएको जाहेरी आयोगमार्फत छानबिन हुने

    काठमाडौँ– जेन जेड आन्दोलनका घाइते परिवारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरी लिन सहमत भएको छ।

    सोमबार दिउँसो जाहेरी अस्वीकार गरेको प्रहरीले मध्यराति सुरक्षा निकायका प्रमुखहरूको छलफलपछि लिन तयार भएको एक अधिकारीले बताए।

    तर, जाहेरी तत्काल दर्ता नगरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बुझाउने निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा सुरक्षा प्रमुखहरूले संयमता अपनाएर कानुनी प्रक्रियाभित्रै अघि बढ्न सुझाव दिएका थिए।

    जेन जेड आन्दोलनमा राज्य पक्षको दमनका कारण ७५ जनाको मृत्यु भएको थियो। सो घटनापछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए।