नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलियो, पुसयता मात्रै ५ हजारभन्दा बढी सङ्क्रमित - Chaitanya News
  • 2026-05-02
  • 16:37:04
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलियो, पुसयता मात्रै ५ हजारभन्दा बढी सङ्क्रमित

    नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलियो, पुसयता मात्रै ५ हजारभन्दा बढी सङ्क्रमित

    काठमाडौँ– नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गत पुस महिनायता देशभर डेंगुका कारण ५ हजार ३७८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेको छैन। पछिल्लो २४ घण्टामा १६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो सात दिनमा ९४ जना नयाँ सङ्क्रमित फेला परेका छन्।

    महाशाखाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान तथा जनचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिएको बताए पनि सङ्क्रमितको सङ्ख्या अपेक्षित रूपमा घट्न सकेको छैन।

    स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न विशेष आग्रह गरेको छ। मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन, हात धुन र आवश्यक परेमा मास्क लगाउन अनुरोध गरेको छ।

    साथै, कुनै पनि स्वास्थ्य समस्या वा गुनासोका लागि ‘हेल्लो स्वास्थ्य १११५’ मा सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।