माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ? - Chaitanya News
  • 2026-05-07
  • 08:09:23
  • बिहिबार,बैशाख २४, २०८३
  • माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    काठमाडौं –  अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन । उल्टै सांसदहरूको शपथ अघि सरकार गठनको आह्वान गरिनु संविधानविपरीत तर्क गरिरहेका छन् ।

    प्रतिनिधिसभामा रहेको तेस्रो दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने बताएको छ । प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ ।

    माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध दलको नेतामा अन्य कुनै नेताको दाबी परेको समेत देखिँदैन ।