चैतन्यको उपसहसचिव परीक्षा तयारी लक्षित सेमिनार १० पुसदेखि हुँदै - Chaitanya News
  • 2026-04-25
  • 18:04:49
  • शनिबार,बैशाख १२, २०८३
  • चैतन्यको उपसहसचिव परीक्षा तयारी लक्षित सेमिनार १० पुसदेखि हुँदै

    चैतन्यको उपसहसचिव परीक्षा तयारी लक्षित सेमिनार १० पुसदेखि हुँदै

    फाइल तस्बिर

    काठमाडौं– विगत एक दशक लामो समयदेखि शंखमूलस्थित चैतन्य एकेडेमीले उपसचिव तयारी परीक्षा लक्षित सेमिनारको आयोजना गर्दै आएको छ। उपसचिवबाट सहसचिवको तयारी गरिरहेकाहरूका लागि सहज होस् भन्ने उदेश्यका साथ चैतन्यले भौतिक उपस्थितिमा विज्ञ प्रशिक्षकको संलग्नतामा सेमिना गर्दै आएको हो।

    यही पुस १० देखि १४ गतेसम्म सेमिनारको आयोजना गरिने एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए। बिहान ६ देखि बेलुकी ६:३० बजेसम्म प्रत्यक दिन सेमिनारका विभिन्न सेसन सञ्चालन हुने उनले जानकारी दिए।

    ‘हामीले दैनिक पाँच वटा सेसन सञ्चालन गर्ने छौं। सेसनमा सम्भावित प्रश्नहरूमा अन्तरक्रिया र उत्तर लेखन छलफल हुनेछ। हरेक दिन एक सेट परीक्षा र दोश्रो दिन उत्तर पुस्तिका जाँच गरी नतिजा प्रकाशन गरिने छ,’ उनले भने। सम्बन्धित विषय विज्ञद्वारा नै सबै सेसनको सहजिकरण गरिने उनले बताए। लगभग ८० वटा सम्भावित नमूना प्रश्नहरूमा छलफल गरिने लक्ष्य रहेको जोशीको भनाइ छ।

    सेसनमा नेपाल सार्वजनिक प्रशासन नेतृत्वदायी तहका विज्ञ प्रशिक्षकले प्रशिक्षण दिने कार्यतालिका रहेको जोशीले बताए। जोशीले बिगत १० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइएको यस कार्यक्रमबाट विगत वर्षहरूमा उत्कृष्ट पृष्ठपोषण भएको र सबैले रुचाएको जानकारी दिए।

    सेमिनारमा ३० मिनेट सम्बन्धित विषयवस्तुको राष्ट्रिय र अन्तरास्ट्रिय अभ्यास र विज्ञको धारणा राखिने तथा ३० मिनेट संवन्धित विषयका नमूना प्रश्नमा छलफल र उत्तर लेखन गाइडलाइने बताइएको छ।

    इन्द्रेणि कम्प्लेक्समा हुने कार्यक्रममा चियापान, खाना र खाजाको व्यवस्थासमेत रहेको छ। सहभागी क्षमता सिमित रहेकाले पुस ९ गते ४ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने एकेडेमीले जनाएको छ। कुनै परामर्श आवश्यक परे ९८५११४६१००, ९८५१२४६१०० र ९५१२० ७२०० मा सम्पर्क गर्न एकेडेमीको अनुरोध छ।