बागमती नदी र मनोहरा नदीले पार गर्‍यो सतर्कता तह - Chaitanya News
  • 2026-11-07
  • 05:11:56
  • शुक्रबार,कार्तिक २१, २०८३
  • बागमती नदी र मनोहरा नदीले पार गर्‍यो सतर्कता तह

    बागमती नदी र मनोहरा नदीले पार गर्‍यो सतर्कता तह

    काठमाडौं– बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ ।

    ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ। त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ। नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ।

    मौसमविद्हरूका अनुसार, आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ, जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्छ।

    हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ।

    स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।