कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अर्थको अनुरोध - Chaitanya News
  • 2026-09-09
  • 00:27:50
  • मंगलबार,भाद्र २३, २०८३
  • कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अर्थको अनुरोध

    कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अर्थको अनुरोध

    काठमाडौँ– अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।

    आज (शनिबार) मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र रकम जम्मा गर्न अनुरोध गरेको हो।

    सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित यही भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ।