फिदिम दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते - Chaitanya News
  • 2026-09-18
  • 22:50:38
  • शुक्रबार,आश्विन ०२, २०८३
  • फिदिम दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

    फिदिम दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

    फिदिम, पाँचथर– पाँचथरको फिदिम क्षेत्रमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइतेलाई धरान पठाइएको छ भने १ जनालाई फिदिममै उपचारका लागि राखिएको छ।

    स्रोतका अनुसार दुर्घटना स्थलमा नेपाली सेनाको उद्धार टोली पुगेको छ र उद्धार कार्य निरन्तर जारी छ। हेलिकोप्टर उद्धारका लागि कोशी प्रदेशको इटहरीमा स्ट्यान्डबाइ अवस्थामा राखिएको छ, तर दृश्यता न्यून ९भिजिबिलिटी कम० भएकाले हवाई उद्धार कार्यमा चुनौती आइरहेको बताइएको छ।