काठमाडौँ– दसैँको तेस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका–जमरा लगाउने क्रम जारी छ।
आश्विन शुक्ल द्वादशीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने क्रम पूर्णिमासम्म निरन्तर चलिरहन्छ।
आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।