यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-05-28
  • 18:10:16
  • बिहिबार,जेठ १४, २०८३
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।