प्रधानमन्त्री सुशीला कार्कीले गरिन विजया दशमीमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट - Chaitanya News
  • 2026-11-07
  • 11:47:54
  • शनिबार,कार्तिक २२, २०८३
  • प्रधानमन्त्री सुशीला कार्कीले गरिन विजया दशमीमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट

    प्रधानमन्त्री सुशीला कार्कीले गरिन विजया दशमीमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छिन्।

    प्रधानमन्त्री कार्कीले हिजो (बिहिबार) साँझ काठमाडौँको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन्।

    यसै गरी प्रधानमन्त्रीले नागार्जुन नगरपालिका–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी थिइन्।

    प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए। मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले यस वर्ष विजया दशमीका अवसरमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजेड आन्दोलनका सहिद परिवारसँग आज भेटघाट र कुराकानी गरियो, सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना सहिद परिवारको रहेको थियो।”