मिराज ढुंगानाले भने: अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँ - Chaitanya News
  • 2026-05-10
  • 05:15:28
  • शनिबार,बैशाख २६, २०८३
  • मिराज ढुंगानाले भने: अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँ

    मिराज ढुंगानाले भने: अक्टोबर ९ मा कुनै आन्दोलन छैन, शान्ति बिथोल्न चाहन्नौँ

    काठमाडौँ– जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीको कुनै पनि आन्दोलन नभएको बताएका छन्।

    ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै त्यस्तो कुनै आन्दोलन भएको स्पष्ट बनाएका हुन्। उनले जेनजीहरुले गर्ने एजेन्डाबिना आन्दोलन अर्थ नभएको भन्दै आफूहरू यसमा संलग्न नहुने बताए।

    उनले जेनजीहरूले देशमा कायम भएको शान्ति विथोल्न नचाहेको बताए।

    उनले भनेका छन्, ‘धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ। म प्रस्ट्याउन चाहन्छु अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन। त्यस्तोमा हामी संलग्न हुँदैनौँ। शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन।’

    उनले एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नभएको पनि बताएका छन्।

    उनले भने, ‘गत अक्टोबर ८ मा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ। अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट। एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिदैनौँ।’