राष्ट्रपति रामचन्द्र पौडेलले गरे कन्या पूजा - Chaitanya News
  • 2026-09-20
  • 21:53:53
  • आइतबार,आश्विन ०४, २०८३
  • राष्ट्रपति रामचन्द्र पौडेलले गरे कन्या पूजा

    राष्ट्रपति रामचन्द्र पौडेलले गरे कन्या पूजा

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन्।

    राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन्।

    प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ।

    त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गरेकी थिइन्।