‘ पालिकाहरूले चाडबाडमा पनि शिक्षक कर्मचारीहरूलाई तलब नखुवाएको विषयमा अनुसन्धान गछौँ’ : शिक्षामन्त्री पुन - Chaitanya News
  • 2026-07-15
  • 00:59:48
  • मंगलबार,आषाढ ३०, २०८३
  • ‘ पालिकाहरूले चाडबाडमा पनि शिक्षक कर्मचारीहरूलाई तलब नखुवाएको विषयमा अनुसन्धान गछौँ’ : शिक्षामन्त्री पुन

    ‘ पालिकाहरूले चाडबाडमा पनि शिक्षक कर्मचारीहरूलाई तलब नखुवाएको विषयमा अनुसन्धान गछौँ’ : शिक्षामन्त्री पुन

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पालिकाहरूले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरूलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्ने बताएका छन्।

    आज (सोमबार) बिहान उनले फेसबुकमा एक स्ट्याटस लेख्दै शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई रकम पठाइसके पनि पालिकाहरूले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन्।

    तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै संख्या मधेश प्रदेशको रहेको उनको भनाइ छ।

    उनले लेखेका छन् – “तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । वर्ष दिनमा आउने दसैँ, तिहार र छठ पर्व जस्तो महान् चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो। शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दै छु।”