काठमाडौँ छाड्नेको बिहानैदेखि भीड - Chaitanya News
  • 2026-07-15
  • 00:59:56
  • मंगलबार,आषाढ ३०, २०८३
  • काठमाडौँ छाड्नेको बिहानैदेखि भीड

    काठमाडौँ छाड्नेको बिहानैदेखि भीड

    काठमाडौँ– आज बडा दसैँको सातौं दिन, फूलपाती हो। यस अवसरमा काठमाडौं उपत्यका छाडेर आ–आफ्नो गन्तव्यतर्फ लाग्ने यात्रुहरूको चहलपहल बिहानैदेखि ह्वात्तै बढेको छ।

    गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी लगायतका काठमाडौंका प्रमुख नाका क्षेत्रहरूमा बस कुरेर बस्ने यात्रुहरूको ठूलो भीड लागेको छ।

    दशैंका लागि आजको दिन काठमाडौं छाड्ने सवारी साधनको चाप अत्यधिक बढेका कारण बिहानैदेखि उपत्यकाका विभिन्न मुख्य नाकाहरू अस्तव्यस्त देखिएका छन्। विशेषगरी कोटेश्वर(जडिबुटी क्षेत्रबाट बाहिरिने यात्रु र गाडीको चाप निकै बढेको छ।