ओली, लेखक र रिजालसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस - Chaitanya News
  • 2026-11-07
  • 20:33:30
  • शनिबार,कार्तिक २२, २०८३
  • ओली, लेखक र रिजालसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस

    ओली, लेखक र रिजालसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस

    काठमाडौँ– जेन जेड आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ।

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो।