हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरे - Chaitanya News
  • 2026-05-10
  • 05:15:35
  • शनिबार,बैशाख २६, २०८३
  • हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरे

    हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरे

    काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्।

    उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले भन्यो।

    उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो।