उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहसचिव ङ्गालको निर्देशन - Chaitanya News
  • 2026-05-17
  • 12:08:20
  • आइतबार,जेठ ०३, २०८३
  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहसचिव ङ्गालको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहसचिव ङ्गालको निर्देशन

    काठमाडौँ– गृह सचिव रामेश्वर दङ्गालले मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

    प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिए। उनले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिए।

    गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

    त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताए।