१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण - Chaitanya News
  • 2026-07-16
  • 11:43:58
  • बिहिबार,आषाढ ३२, २०८३
  • १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण

    १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण

    काठमाडौं– जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन्।

    गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ।

    घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो। साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ।

    जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ।

    यी हुन् जेन–जी क्लिनिक स्थापना गरिएका अस्पतालहरू:

    काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ।

    कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

    यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

    लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

    हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क व्यक्तिको नम्बर: