२१ दिनभित्र बक्यौता बुझाउन नेपाल विद्युत् प्राधिकरणको निर्देशन - Chaitanya News
  • 2026-05-17
  • 12:07:54
  • आइतबार,जेठ ०३, २०८३
  • २१ दिनभित्र बक्यौता बुझाउन नेपाल विद्युत् प्राधिकरणको निर्देशन

    २१ दिनभित्र बक्यौता बुझाउन नेपाल विद्युत् प्राधिकरणको निर्देशन

    काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका औद्योगिक तथा व्यापारिक ग्राहकलाई महसुल बक्यौता २१ दिनभित्र बुझाउन आग्रह गरेको छ।

    आज (आइतबार) प्राधिकरणले एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो।

    यस्तै, यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ।

    प्रकाशित सूचना अनुसार नै २१ (एक्काइस) कार्यदिन अर्थात् मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ। मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा भनिएको छ।

    तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ।