यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-07-16
  • 11:44:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसैगरी, आज दिउँसो देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यस्तै महाशाखाका अनुसार,आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भू–भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।