आतंक फिजाएर सरकारमा पुग्ने, अनि सुरक्षा दिन्नँ भन्ने ? : ओली - Chaitanya News
  • 2026-05-10
  • 06:02:52
  • आइतबार,बैशाख २७, २०८३
  • आतंक फिजाएर सरकारमा पुग्ने, अनि सुरक्षा दिन्नँ भन्ने ? : ओली

    आतंक फिजाएर सरकारमा पुग्ने, अनि सुरक्षा दिन्नँ भन्ने ? : ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताएका छन्।

    बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको रु भन्दै प्रश्न समेत गरेका छन्।

    ‘अहिले तपाईंहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔं भनेर देखाइएको छ। घर तोकिएको छ । सरकार के हेरेर बसेको छ?’ ओलीको प्रश्न छ।

    उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे।

    ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ। सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?,’ ओलीले भने, ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने, अनि अरुलाई सुरक्षा दिन्नँ भन्ने ?

    उनले मौसम पनि सधैं एकनास नहुने बताउँदै फेरि मुसुक्क हाँस्ने बताए।

    ‘खैर म भन्न चाहन्छु, मौसम पनि सधैं एकनास हुँदैन। फेरि मुसुक्क हाँस्छ। झरी बादलको समय आयो भनेर फेरि मुसुक्क हाँस्छ,’ उनले भने।