युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै - Chaitanya News
  • 2026-05-17
  • 13:17:27
  • आइतबार,जेठ ०३, २०८३
  • युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    काठमाडौँ– नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत  पहिलो खेल आज खेल्दैछ ।

    संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो।

    यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ। यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ। उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो।

    रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन्। त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन्।

    यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन्। त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गरजस्ता खेलाडी रहेका छन्।