आजको मौसम : यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-16
  • 11:44:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम : यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

    आजको मौसम : यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    जसको प्रभावले देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार, आज राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।