‘भ्रष्टाचार अब क्षम्य हुँदैन’: मन्त्री घिसिङ - Chaitanya News
  • 2026-06-25
  • 06:18:03
  • बिहिबार,आषाढ ११, २०८३
  • ‘भ्रष्टाचार अब क्षम्य हुँदैन’: मन्त्री घिसिङ

    ‘भ्रष्टाचार अब क्षम्य हुँदैन’: मन्त्री घिसिङ

    काठमाडौँ– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेन जेडको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन्।

    आज (शुक्रबार) नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए। देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनले बताए।

    सुशासनको विषयलाई गम्भीर रूपमा लागु गर्नुपर्ने उनले बताए। जेन जेडले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उनले बताए।

    अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी छ। अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठुलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनको भनाइ छ।

    मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिई। कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनको भनाइ छ।