चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन - Chaitanya News
  • 2026-05-17
  • 13:09:44
  • आइतबार,जेठ ०३, २०८३
  • चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

    चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

    काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन्।

    दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा १० असोज १० गते प्रधान कार्यालयबाट मातहत सबै इकाईलाई उनले सो निर्देशन दिएका हुन्।

    आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाइलाई समेत उनले निर्देशन दिए।

    उनले नजिकिँदै गरेका चाडपर्वहरूमा जनताले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन थिए।

    साथै सीमा नाकाबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनका लागि आवश्यक स्थानमा सहायता–डेस्क स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन उनले भनेका छन्।