राष्ट्रिय सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी - Chaitanya News
  • 2026-11-07
  • 23:23:23
  • शनिबार,कार्तिक २२, २०८३
  • राष्ट्रिय सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी

    राष्ट्रिय सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी

    काठमाडौँ– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–२०८२ जारी गरेको छ।

    आज (शुक्रबार) प्राधिकरणले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड नै जारी गरिएको जनाएको हो।

    सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको र २०८२ असोज महिनाभित्रै दर्ता प्रक्रिया थालनी गरिने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए।

    अभिलेखीकरण भएपछि विद्युतीय प्रणालीमार्फत नै सञ्चालन इजाजतपत्र जारी गरिने उनले बताए।

    प्राधिकरणबाट इजाजत प्राप्त भएपछि सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए।

    त्यस्तै प्राधिकरणले सहकारी संस्थाहरूको नियमाकीय परीक्षण गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग समझदारी गरेको छ।

    सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन नेपाल चार्टड एकाउन्टेन्टस् संस्थासँग सहकार्य गरिएको अध्यक्ष शर्माले बताए।